निषेधाज्ञा कडाई गरिए पनि संक्रमणको ग्राफ उकाले, शुक्रबार तीनको मृत्यू, ६९ संक्रमित

इलाम । इलाममा निषेधाज्ञा कडाई गरिए पनि संक्रमणको ग्राफ भने झरेको छैन । शुक्रबार इलाममा संक्रमणबाट तीन जनाको मृत्यू भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । इनपामा एक, सूर्योदयमा एक, र माइ नगरपालिकामा एक गरि तीन जनाको मृत्यु भएको जनाइएको छ । योसँगै जिल्लामा मृत्यू हुनेको संख्या ८६ पुगेको छ ।

अघिल्लो दिन ५४ जना संक्रमित भएकोमा शुक्रबार ६९ जना संक्रमित थपिएका छन् ।

सबैभन्दा बढी इलाम नगरपालिकामा २३ जना संक्रमित भएका छन् । यसरीनै सूर्योदय नगरपालिकामा २० जना, माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा ७–७ जना, फाकफोक थुम गाउँपालिकामा ३ जना, रोङ गाउँपालिका २ जना र सन्दकपुर गाउँपालिकामा १ जनामा संक्रमण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संक्रमितको संख्या तीन हजार सात सय ८७ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार