काठमाडौं । स्वास्थ्य मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) लाई सिफारिस गरेको छ ।
स्वास्थ्य मन्त्रालयले विद्यार्थीको पढाइ र परीक्षा भन्दा स्वास्थ्य महत्वपूर्ण भएको निष्कर्ष निकाल्दै सबै किसिमका परीक्षा स्थगित गर्न सिफारिस गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्विट मार्फत जानकारी दिएका छन् ।
कोभिड–१९ संक्रमण फैलदै गएको परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति मन्त्रालय संवेदनशील रहेको उल्लेख गर्दै उनले ट्विटरमा लेखेका छन्, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकार गराउँछु ।’