एसईई २०७७ को नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ

  आवाज सम्वाददाता

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएको नतिजालाई बोर्डले नतिजा प्रकाशित गरेको हो ।

आफ्नो सिम्बोल नम्बर लेखेर ५ रुपैयाँ शुल्कसहित १६०० मा म्यासेज गरी नतिजा प्राप्त गर्न सकिन्छ । यस्तै एनसेलको वेवसाइटमा गइ आफ्नो नतिजा निशुल्क हेर्न सकिने बोर्डले जनाएको छ ।

२०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसेलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने बोर्डले जनाएको छ ।

त्यस्तै बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थाबाट समेत सार्वजनिक गर्ने जानकारी दिएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कन्सेपट प्लस, एडुसञ्जाल, नेपाल टेलिकम, ईकान्तिपुर र एनसेलको वेबसाइटबाट सार्वजनिक गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार