३२ जनामा कोभिड पोजेटिभ, एकको मृत्यु

  आवाज सम्वाददाता


इलाम  । शनिबार इलाममा ३२ जनामा कोभिड संक्रमण देखिएको छ । जिल्ला प्रशासन कार्यालय इलामको तथ्याकं अनुसार इलाम नगरपालिकामा ६, माई नगरपालिकामा १०, सन्दकपुरमा १५ र चूलाचुलीमा एक जनामा कोभिड पोजेटिभ देखिएको छ ।
शनिबार जिल्लामा १ जनाको कोभिडकै कारण निधन भएको छ । चुलाचुली – द्द का ७२ वर्षीय एक पुरुषको निधन भएको जनाइएको छ ।
इलाममा हाल सम्म ३ हजार ८१९ जना कोभिड संक्रमण भएको छ । जसमध्ये दुई हजार ८७३ निको भएका छन् । ८३२ होम आइसोलेसनमा, १७ जना सामान्य उपचारमा र १० जना आइसियुमा रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार