खोपमा खटेकी एउटा स्वास्थ्यकर्मीको कथा

सिजन आज निकै हतारमा देखिन्छिन् । लाग्छ आलस्यता र जाँगरमरुवा पनले उनलाई विर्सिएको छ । हतारको काम लतरपतर भन्छन् नि, उनको काम पनि त्यस्तै पो छ। यतिविधि जाँगरको कारण साख ठूलो चाहिँ छैन – सरकारले कोरोना विरुद्धको खोप लगाउने घोषणा जो गरेको छ ।

काखको बच्चो स्याहार्नेदेखि सबैलाई तातो खाना दिनु उनको विहानको रुटिन नै हो। त्यसबाहेकका कामधन्दाले पनि उनलाई पर्खिरहेकै हुन्छन् ।

हिजो दिनभरीको माइकिङमा उनले सुनेकी छन्, ‘कोरोना विरुद्धको खोप भोलि विहान ९ बजेबाट दिइनेछ ।’ उनको अफिसमा त्यहि अनुसारको आदेश पाएकी छन् सिजनले ।

‘ओहो! ९ त बज्नै लागिसकेछ,’ आफैंलाई सम्झाउँछिन उनी । घरको घुर्यान हुँदै अस्पतालसम्मको बाटोले उनलाई पर्खिरहेको छ । उनी घरबाट हिँड्छिन् ।

तर शान्त बाटोमा पनि उनी शान्त रहन सक्दिनन् । बाहुलाई झैँ एक्लै जवाफ दिँदै जान्छिन्।

‘म कति खेर आऊं ? मेरो आज हुन्छ कि हुँदैन ? मेरो एउटा मान्छेलाई लगाईदिनु न प्लिज ! कतिखेर पठाइदिनु ?’ फोनको अधिकांश प्रश्न यस्तै हुन्छन् । फोन गर्नेलाई के थाहा कि निर्णय गर्ने अधिकार त उनलाई छँदै छैन् । फोन गर्न र अनुरोध गर्नलाई कसले छेक्छ र ? त्यसैल गरिदिन्छन् ।

छोराको रुवाई, कामको दबाब, हतार र मोबाइलका ट्यारट्यार । परिचय पत्र चाहिँ घरमै भुलेछ । घरबाट त हिन्छिन्, हतारमा परिचय पत्र घरमै । ट्राफिक प्रहरीले छेक्यो, हजार आग्रह गर्दा पनि अगाडिजानै दिएन ।

कोरोना बढेपछि जिल्ला प्रशासन कार्यालयले निषेधादेश जो गरेको छ । एकैछिन छेउमै कुरेपछि बल्ल एकजना चिनजानका प्रहरीमाथि उनको आँखा पर्छ ।

बल्ल त्यहाँबाट उनी अघि बढ्न सफल हुन्छिन् । अघि बढ्न पाएको छैन अफिसबाटै फोन आउछ – किन ढिला ?
फोनमा उताबाट चर्को आवाज आउँछ, ‘छिटो आउनुपर्योे । याँ मान्छे अलपत्र भइसके । गेट फुटाउन लाइसके । एकछिन नआए गाह्रो पर्ने भइसक्यो ।’

श्वास बढ्छ, निकै बढ्छ । लामो श्वास लिएर अघि बढ्छिन् सिजन । हस्याङफस्याङ गर्दै पुग्छिन् । बाफिलो पीपीई, मास्क ग्लोब्स र फेससिल्डले उनलाई घेर्छ । उनी पृथ्वीकै भएर पनि उनी एलियन जस्ती देखिन्छिन् ।

उनलाई अर्कै ग्रहको मान्छे पो हो कि भन्ने लगाउँछ । तर होइन् । उनी त मानव सेवा खटिएकी साहसी महिला पो हुन् । किनकिन आजभोलि त्यस्ता एलियन निकै प्यारा लाग्ने गरेको छ ।

सिजनको कामै त हो सिरिन्ज निकाल्ने, औषधि भर्ने अनि मानिसलाई खोप लगाउने । हत्पत उनी काम सुरु गर्छिन् । बीचबीचमा फोन त आइरहेकै हुन्छ । नउठाउ,कुनै वेला जागिरको नै सवाल हुन्छ ।

मानिसहरु कहाँ बुझ्छन् र ? तछाड मछाड गरेर बाहिर बसेका छन् । आज मैले मात्र लगाउने हो जस्तो गरेर पालो खोसिरहेका छन् ।
लाग्छ साउनको खहरे त्यो खोला होइन यहाँ आएको छ।बाडी आए झैँ मानिसहरु उर्लिरहेका छन् ।

दबाबबीच पनि सयौं मानिसलाई खोप दिनुछ । यसमा अर्को तनाव त सरकारले दिएको समयसीमा पो हो । त्यसलाई नाघ्यो भने फेरी आफैं नै कारबाही भोग्नुपर्ने हो केरे ।

यहाँ आएदेखि न पानी पिउन पाउँनु छ न त पिसाव गर्नै रेस्टरुम जान सक्या छ ।

पहिलो डोज खोप लगाएका मानिसहरु पनि लाइनमा छन् । कारण सरकारले पहिला दुई डोज लगाउनुपर्नेमा एक डोज मात्र दिएको थियो । दुई डोज लाउने समयलाई वेवस्ता गरेर मानिस आएका छन् ।

अहिले पनि त अर्को डोज लगाउनेटुङ्गो नै कहाँ छ र ?छैन । कसैलाई लगाइयो र भवितव्य परिआयो भने फेरी पिडा त सिजनले नै त पाउने हो । परि आए मामाघर सम्मको यात्रामा निश्कनु पर्ला।उनी एकफेरि बाहिर हेर्छिन र अवस्थाको मनमनै विश्लेषण गर्छिन् ।
उनी धमाधम खोप लगाउँदै छिन् । मध्ये दिनमा साउनको चर्का घाम लागेका छन् । आज बिहानैबाट आकास सफा छ। त्यसमाथी पीपीई, उफ् – उनले खुइया काड्छिन् ।

आफूले लागाएका पहिरनको प्रवाह नगरी उनी काममा व्यस्त छिन् ।
तर व्यव्त भइरहन भन्दा पनि हैरान भइरहने जस्तो लाग्छ उनलाई । खोप मापदण्ड अनुसार मान्छे कहाँ आएको हुन्छ र ? नागरिकता बोकेर आएको हुन्छ ।

इता नागरीकतामा पुरा जन्म मितिसमेतछैन् । खोज्दा भेटिन्छ १७ बर्ष भन्ने । तर बाँकी धेरै फरक । त्यसमा पनि प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरमा लेखेको मिति खोजेर पत्ता लगाउनुपर्छ । जहाँ बस एक महिना मात्र बिग्रियो भने बाहिर आन्दोलन नै हुन्छ ।
त्यो आन्दोलनको मर्म बुझेकी छन् सिजनले ।

‘साइलाले यहि उमेरमा पायो । म उभन्दा एक दिन नै कान्छो मेरो कसरी भएन?’ एकजना माहिला आइन् ।

अब परेन फसाद ?त्यसलाई पन्साउनु पनि उनकै कर्तव्य हो । आज यो उमेर समुहको यो संस्थाको र यसलाई मात्र लगाउने हो भनेर कार्यालयबाट सूचना त जारी गरिएको त छ नि । तर के गर्न ससुरालामा गाई व्याएको छ विगउती खान जानुछ आजनै लगाउने भन्दै आउछन् । ति नै विद्धानहरु जो समाजमा विद्धानको सूचिमा समाजलाई अन्धकारबाट उज्यालो ज्योती छर्ने मानिसहरु रे ।

यतिमात्र कहाँ हो र माथिल्लो तहका मानिसहरुले यति सम्म गर्छन् की, मेरो यो मान्छेलाई तुरुन्त लगाईदिनु पर्यो हैन भने राम्रो हुने छैन रे । यो पनि सहनु नै छ ।

विद्धानहरु फेरी त्यहाँ आउछन् र भन्छन् यसरी कहाँ हुन्छ यसलाई यसो गर्नुपर्यो, यसो गर्दा हुन्छ भन्छन् किन यसो भने राम्रै भने होला भनेर भनेको भरे अर्को मान्छे पो खोप लागाउन लिएर आएका रहेछन् । यस्ताबारहरुलाई धकेल्दै आधा दिन पुरा हुदैछ अझै आधा बाँकी ।

फेरी सगै पढेका साथीले फोन गर्छ। उमेर अलिकति मात्र पुगेको छैन तर पनि उनी खोप लगाउन आँउ भनेर भन्न सकेकी हुन्नन् । किनकी उनलाई माथिल्लो निकायले अनुगमन गरिरहेको छ । र, भन्छिन म सोधेर भरे फोन गर्छु । अनुहार झार्न बाध्य छिन् । सयौं मानिसलाई सियोले खोप्दाको पिडा त मनको अन्तरङ्कमा लुकाएर ओठमा मुस्कान छाउनु छ ।

मानिसहरुको भिडभाड सगैँ खाजा न पानी सगै दिनले मेटो मार्न लाग्दैछ । मानीसको आगमन रोकिएकै हुँदैन । घडीको सुईले ५ बजाउदै छ र खोप कार्यक्रम आजलाई बिश्राम हुदैछ ।

भोलि फेरी सुरुहुन्छ यो खोप कार्यक्रको रिर्पोटीङ्ग । तर ट्यालीसीट र रजिस्टर मिल्दैन घरमा हराई भनेर कुरा काट्न सुरु भईसकेको छ । त्यसैले त उनलाई घर जान सरै हतार छ । बल्लतल्ल हिसाव मिल्यो र यहाँबाट सबै खोप सामग्री सहित अन्य सामानहरुको व्यवस्थापन मिलाएर उनी स्कुटर लिएर घर तर्फ हुइकिन्छिन् ।

तर धेरै पर्फेक्टसँग स्कुटर कुदाँउन पनि कहाँ आउछ र भर्खर किनेको नौ महिना मात्र हुदैछ ।

घर पुगेपनि सुरु हुन्छ विहान छाडेर गएको धन्दाबाट ढिलो आइ भनेर सबैको अनुहार सुनिएको जस्तो हुप्प हुन्छ । काम धन्दा त सबै साचेको नै छ दिनभर आरामले सुतेर आए जस्तो कसैको मन जादैन यो पनि गलेर आएको हो भनेर । बेलुकीको खानपिन सकियो धन्दापान नानी सगै विस्तारमा ढल्छिन् उनि सहित सबै परिवार सुत्छन् निदाउछन् ।

मध्य रातमा सिजनले सपना देख्छिन दिनमा सुई खोप्दा एक बृद्धाले डरले सुइ तानेको उनी चिच्याउछिन् सबै विउझिन्छन् र भन्छन् कति दुख लिनसकेको होला ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार