जापानबाट तीन लाख डोज खोप आइपुग्दै

इलाम । जापानबाट आज करिब तीन लाख डोज अष्ट्राजेनिका खोप काठमाडौं आइपुग्दैछ । जापान सरकारले दिएको १६ लाख डोजमध्ये पाँच लाख १३ हजार ४२० डोज खोप शनिबार काठमाडौं आइसकेको छ ।

आज थप दुई लाख ८७ हजार डोज खोप आउने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा। उपेन्द्र ढुंगानाले बताए। शनिबार र आइतबार गरी आठ लाख खोप आइपुग्ने बताउँदै उनले बाँकी आठ लाख खोप भने अर्को साता आइपुग्ने जानकारी दिए।

अष्ट्राजेनिका खोप आएसँगै यसअघि पहिलो मात्रा कोभिसिल्डको खोप लगाएका ज्येष्ठ नागरिकलाई दिइने भएको छ।
कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई अष्ट्राजेनिका खोप दिइने स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा। झलक गौतमले बताए।

खोप अभियान यही साउन २५ गतेबाट सञ्चालन हुने गाौतमले बताए । प्रदेश १ र २ मा भने खोप अभियान केही दिनपछि मात्र सुुरु हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार