सुनसरी । सुनसरी कोशी गाउँपालिका-५ कुम्याई बस्ने मलसुहुदिन मियाको बन्दै गरेको घरको दोस्रो तल्लाको सिडीको पर्खाल लगाउने क्रममा पर्खालसहित लड्दा एक जना मिस्त्रीकाे घटनास्थलमानै मृत्यु भएको छ ।
मृत्यु हुनेमा इनरुवा नगरपालिका-१० जल्पापुरका ३७ बर्षीय ईशादिल अंसारी रहेका छन् । आज दिउँसो १ बजे भएको सो घटनामा देवानगंज गाउँपालिका -३ का २४ बर्षीय मो सतार अंसारी समेत घाइते भई जिल्ला अस्पताल इनरुवा सुनसरीमा उपचार भइरहेको छ ।
घटनास्थलमा इलाका प्रहरी लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीकाे प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।