इलाममा जारी निषेधाज्ञा भदाैं १ सम्म थपियो, निषेधाज्ञा उस्तै कडा

  आवाज सम्वाददाता


इलाम । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा नआएपछि जिल्ला प्रशासन कार्यालय इलामले पुनः भदौ १ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काद्वारा सोमबार जारी आदेशमा भनिएको छ–समग्र इलाम जिल्लाको कोभिड १९ को यो हप्ताको अवस्था र जनभावनालाई कदर गर्दै आजसम्म कायम रहेको आदेशहरुलाई थप निरन्तरता दिनु उपयुक्त देखिएकाले साउन १५ र १८ गते जारी आदेशहरुलाई भदौं १ गते मध्यराती १२ बजेसम्म पूर्ववत् निरन्तरता दिइएको छ ।

प्रशासनले साउन २५ गतेसम्म खाद्यान्न पसलसमेत बन्द हुनेगरी आदेश जारी गरेको थियो । संक्रमण नियन्त्रण हुन नसकेकाले निषेधाज्ञालाई कडाई गर्दै लगिएको हो ।

प्रशासनले जारी गरेको आदेशमा तरकारी, फलफूल र दूध विक्री गर्ने पसललाई बिहान ५ देखि साढे ७ बजेसम्ममात्र खुला रहन दिने भनिएको छ । तर, खाद्यान्न पसलसमेत खुला नहरन ेगरी आदेश जारी गरिएको थियो । अहिले सोही आदेशको निरन्तरता भएकाले सोही बमोजिम हुने प्रशासनले जनाएको छ ।

प्रशासनले जारी गरेको आदेशमा मेची राजमार्गबाहेक जिल्लाका सबै क्षेत्रमा यातायातका साधन चलाउने नपाइने, खोपकेन्द्र जाँदा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने, सार्वजनिक निकाय, संस्थान तथा कार्यालयले प्रदान गर्ने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने उल्लेख छ । निजी बैंक, वित्तीय संस्था र सेवासमेत हाललाई स्थगित गरिएको छ । परीक्षार्थीले परीक्षा दिन जाँदा सोझै परीक्षा केन्द्रसम्म र घरसम्म फर्किनेबाहेक अन्यत्र हिँडडुल गर्न बन्द गरिएको प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार