छोरी माग्न जाँदा विहे गर्छु भन्दा ससुरा परे दोधारे
भन्छन तिम्रो छर के भर खोजी आउ पहिले सरकारी जागिर………
यो गीत एकबेला धेरै जसोले गुनगुनाई रहन्थे । कति युवा त गीतमा भने झै भए । जागिर नखाएका कारण कतिको विवाह पनि सोचेको जस्तो हुन सकेन । हुनत: जागीर खान कसलाई मन हुँदैन र । जो कोहिलाई जागिर खाने र आनन्दको जीवन बिताउने रहर हुन्छ । धेरै जसो मानिस सरकारी, संस्थान र निजी जुनसुकै भएपनि जागिरका लागि कोसिस गर्छन् । त्यसमा कति सफल बन्छन् त कति सफाल हुन नसकेर विदेशतिर लाग्छन् ।
तर, कतिपय भने खाँदै गरेको जागिर छाडेर व्यवसाय सञ्चालनमा लागेका छन । व्यवसाय बाटै सन्तुष्ट बनेर मनग्य आम्दानी लिई रहेका छन । बहुसंख्यक मानिसकाे आकर्षण बनेकाे सरकारी जागिर छाेडेर व्यवसाय तर्फ लाग्नेमा एक जना हुन्, रिञ्जीफुर्वा शेर्पा । दुग्ध विकास संस्थानको जागिर छोडेर रिञ्जीफुर्वा शेर्पाले इलामको सन्दकपुर गाउँपालिकामा दुग्ध व्यवसाय सञ्चालन शुरु गरे । संस्थानको चीज मेकरका रूपमा जागिर खाएका उनले जागिर छोडेर आँफै उद्योग सञ्चालन गरी चीज उत्पादन गरिरहेका छन् । संस्थानमा करिब ७ वर्ष जागिर खाएपछि उनले जागिर छाडेर व्यवसाय सञ्चालन गरेका छन् ।
आफूले संस्थानमा सिकेको सीप र लगनशिलताका कारण आफूलाई मात्र होईन उद्योगमा दूध बेच्ने किसानलाईपनि फाइदा पुगेको छ । शेर्पा भन्छन् ‘किसानलाई सरकारी उद्योगले भन्दा बढी मूल्य दिएर दूध किनिरहेको छु ।’
जागिर छाडेर व्यवसाय शुरु गरेका शेर्पा अहिले जिल्लाकै सफल चीज उद्योगी बनेका छन् । आफूले संस्थानमा सिकेको सीप र लगनशिलताका कारण आफूलाई मात्र होईन उद्योगमा दूध बेच्ने किसानलाईपनि फाइदा पुगेको छ । शेर्पा भन्छन् ‘किसानलाई सरकारी उद्योगले भन्दा बढी मूल्य दिएर दूध किनिरहेको छु ।’ उनी किसानलाई दूधको मूल्य सँगै पशुपालनबारे प्राविधिक ज्ञान र गाई पालनका लागि ऋणसमेत दिएको बताउँछन । उद्योगमा उत्पादन भएको चीज र घिउ अहिले देशका विभिन्न ठाउँ सँगै विदेश सम्म पुग्ने गर्छ ।
दूध उत्पादन बढाउनेदेखि गुणस्तरीय चीज उत्पादन, बजार विस्तार, उद्योगप्रति किसान आकर्षित गर्न निकै पसिना नबगाई सफल बन्न नसकिने शेर्पाको अनुभव छ । २०३० सालदेखि ०३२ सालसम्म चीज बनाउन सिक्दा साढे ४ महिना फिलिपिन्समा दुग्ध उत्पादनसम्बन्धी तालिम लिन अवसर पाएको कारण पनि व्यवसाय सञ्चालनमा टेवा पुगेको शेर्पा बताउँछन् ।
दूध उत्पादन बढाउनेदेखि गुणस्तरीय चीज उत्पादन, बजार विस्तार, उद्योगप्रति किसान आकर्षित गर्न निकै पसिना नबगाई सफल बन्न नसकिने शेर्पाको अनुभव छ । २०३० सालदेखि ०३२ सालसम्म चीज बनाउन सिक्दा साढे ४ महिना फिलिपिन्समा दुग्ध उत्पादनसम्बन्धी तालिम लिन अवसर पाएको कारण पनि व्यवसाय सञ्चालनमा टेवा पुगेको शेर्पा बताउँछन् ।
उनले शुरुमा डेरी सञ्चालन गर्दा न चिजको बजारनै थियो न त दूधको मूल्यनै र पनि उनले जोखिम मोलेर व्यवसाय शुरु गरे । आफूले उत्पादन गरेको चीजको बजार प्रर्वद्धनका लागि नेपाल डेरी उद्योगले सहयोग गरेको उनको भनाई छ । विक्रीका लागि उसले सहयोग गरेपछि शेर्पाको उद्योग फस्टाउन थाल्यो । त्यस बेला सम्ममा उद्योगमा करिब ८ लाख रुपैयाँ लगानी भइसकेको थियो । ‘चीजको माग बढेकाले मात्रै उद्योग फस्टाउने आस थियो ।’ उनले भने, ‘बर्खामा चीज बिग्रिने, उत्पादनका गुणस्तर कायम गर्न गाह्राे हुने गर्दथ्यो ।’ विगतमा भन्दा अहिले चीजको बजार पनि राम्रै भएका कारण पहिले जस्तो समस्या नभएको उनी बताउँछन्।
लकडाउनको समयमा विदेशी पर्यटक नेपाल आउन नपाएको कारण चीज उत्पादन र विक्री राेकिएकाे थियो तर अहिले समस्या नभएको शेर्पा बताउँछन् । शुरु शुरुमा दैनिक दुईहजार देखि २५ सय लिटर दूध डेरीमा आउने गरे पनि यतिबेला साढे आठसय लिटरमात्र दूध आउने गरेको छ । उनले दुधको गुणस्तर हेरेर किसानलाई पैसा दिने गरेको बताउँछन् । उनको डेरीमा ल्याउने किसानलाई लिटरको ३५ देखी ५४ रुपैयाँ सम्म दिने गरेको शेर्पाको भनाई छ । उनी भन्छन् ‘व्यवसाय सञ्चालन गर्दा किसानलाई खुसि बनाउन सक्यो भने व्यवसाय सञ्चालन जोखिममा पर्देन ।’ यतिबेला दूध उत्पादनमा कम भए सँगै डेरीमा पनि कम आउन थालेको छ ।
उद्योग सञ्चालन नभएको समयमा शेर्पा उद्योगमा आउने १२ वटा सहकारीको दूध डिडिसि मार्फत विराटनगर गएको थियो । पाँच महिनापछि उद्याेग खुलेपनि धेरै किसानले आफै डेरी सञ्चालन गरेकाले दूध कम आएकाले क्षमता अनुसार चीज उत्पादन गनृ नसिकएकाे शेर्पा बताउँछन् ।
व्यवसाय सञ्चालनका क्रममा उन्नति परियोजनाको सहयोगबाट उद्योगमा अहिले चीज लामो समयसम्म भण्डारण गर्न र चीजको गुणस्तर कायम राख्न सहयोग पुगेको उनले बताए ।
खास ८ देखि १२ डिग्री सेल्सियस तापक्रममा चीज राख्नुपर्ने भएपनि कोल्डस्टोरमा ८ देखि १५ डिग्रीमा चीज राख्दा ६ महिनासम्म नबिग्रने उनले बताए । परियोजनाको सहयोगमा तयार पारेको सकपिटले डेरीबाट दूध प्रशोधनपछि उत्पादन भएको पानी व्यवस्थापन गर्न सजिलो भएको छ । यसरी निस्केको पानीको व्यवस्थापन नहुँदा डेरी वरपर फोहोर हुने, गन्हाउने, झिँगा भन्किने गर्थ्याे। तर, अहिले सकपिट भएपछि त्यस्तो पानी ड्रममा हालेर स्थानीय बंगुरपालक किसानलाई बेच्ने गरेको शेर्पाको भनाई छ । दैनिक निस्किने यो पानी राख्न १० हजार लिटर क्षमताको सकपिट राखिएको छ । कोल्डस्टोरको भुइँमा टायल बिछ्याएपछि भुइँको चिसो कम भएको, चीज सफा राख्न, माटो, सिमेन्टबाट चीजलाई बचाउन सहयोग पुगेको छ । गुणस्तर कायम राख्नका लागि उद्याेगमा स्टिल र अलमुनियमकाे भाडा मात्र चलाउने गरेकाे शेर्पा बताउँछन् ।
शेर्पाले पशु तथा कृषि विकासको क्षेत्रमा उल्लेखनीय योगदान गरेवापत् शेर्पाले पशुसेवा विभागबाट उत्कृष्ट दुग्ध व्यवसायी पुरस्कार–२०७४ पनि प्राप्त गरेका छन् ।
https://www.facebook.com/ilamaawaj/videos/458007298691540