इलाम । इलाममा मंगलबारे ६१ जना संक्रमित भएका छन् ।
सबैभन्दा बढी इलाम नगरपालिकामा १६ जना संक्रमित भएका छन् । यसरीनै माई नगरपालिकामा १ जना, सन्दकपुर गाउँपालिकामा १ जना, सूर्योदय नगरपालिकामा ९ जना, फोकफोक गाउँपालिका ६ जना, माङसेबुङ गाउँपालिकामा १३ जना, र माइजोगमाई गाउँपालिकामा ४, देउमाई नगरपालिकामा १जना संक्रमित भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
संक्रमितको संख्या चार हजार ६७ जना पुगेको छ । मृत्यू हुनेको संख्या भने ८९ जना पुगेको छ ।