महिलाहरु खाना खान बस्दा पनि क्यालोरीलाई लिएर सँधै सतर्क हुन्छन् र क्यालोरी हिसाब गरेर मात्रै खाना खान्छन् । यस्तो लाग्छ, महिलाहरुमा फिट र सुन्दर रहने भोक आवश्यकता भन्दा धेरै छ ।
हुनपनि अहिलेका महिलाहरुले आफ्नो वैवाहिक सम्बन्धलाई सम्हाल्न वा सुमधुर बनाउन भन्दा कैयौं गुणा धेरै मेहनत डाइटिङ गर्नमा गर्छन् । बेलायतमा गरिएको एक सर्वेक्षणबाट पनि यस्तै तथ्य अगाडि आएको छ ।
सर्वेक्षणमा बेलायतका १२९० यस्ता महिलाहरुले भाग लिएका थिए जो डाइटिङ गरिरहेका थिए । सर्वेक्षणबाट डाइटिङले उनीहरुको दाम्पत्य सम्बन्धलाई कसरी प्रभावित गरिरहेको भन्ने कुरा पनि देखियो । यसको नतिजा आश्चर्यचकित बनाउने थियो ।
सर्वेक्षणमा लगभग ५४ प्रतिशत महिलाहरुले उनीहरु आफ्नो वैहाहिक सम्बन्धलाई उचित तरिकाले निभाउनभन्दा पनि धेरै मेहनत डाइटिङको लागि गरिरहेको स्विकारेका थिए ।
लगभग १० प्रतिशत महिलाहरुले त यो पनि मानेका छन् कि यदि उनीहरुलाई आफ्नो पति वाा पार्टनरले धोका दिएपनि उनीहरुलाई त्यति दुख हुँदैन जति कि आफ्नो डाइटिङबाट विचलित हुँदा हुन्छ ।
यो अध्ययनमा त यस्ता महिलाहरुलाई लिइएको छ जो डाइटिङ मा थिए । डाइटिङ गर्ने जो कोहीले आफूलाई आफ्नो मनपर्ने भोजनबाट बञ्चित राख्छन् । तर, यस्तो दमन पछि हुनसक्ने विष्फोटको संकेत हुन सक्छ । यस्तोमा मानिसले हरेक पटक भोजनको बारेमा नै सोच्ने गर्छन् अझै महिलाहरुले धेरै सोच्छन् ।
धेरैले भन्ने गर्छन्, ‘भोजनले आराम दिन्छ र सेक्सले मुक्ति ।’ जब हामी कुनै एक चीजप्रती पागल हुन्छौं यस्तोमा मानिसले त्यसै विषयमा मात्रै पनि लगातार सोच्न सक्छ ।
यदि हामी भोको छौं भने भोको हुन्जेलसम्म भोजनको बारेमा मात्रै सोच्छौं यसैगरि यदि हाम्रो मन आफ्नो प्रेमी प्रेमीकाको नजिकै जाने वा उनीहरुसँग प्रेममय कुरा गर्ने छ भने हामी त्यसै बारेमा सोच्ने गर्छौं ।
भोजन र सेक्सलाई धेरैले एक आपसमा जोडेर पनि हेर्ने गर्छन् । यसैले धेरैले भन्छन्, ‘सेक्स पछि मानिसलाई भोक लाग्छ र भोजन गरेपछि फेरि सेक्सको चाहना बढ्छ ।’
आम रुपमा मानिस सेक्सपछि भोजनको बारेमा सोच्छन् अनि फेरि भोजन गरेपछि मानिसहरु सेक्सको बारेमा नै सोच्न थाल्छन् ।