इलाम चिया बगानका ७३ श्रमिकलाई खाद्यान्न वितरण

  आवाज सम्वाददाता


इलाम । कारितास नेपालले बुधबार इलाम सदरमुकाममा रहेको इलाम चिया बगानमा कार्यरत मजदुरहरुलाई राहत सामग्री वितरण गरेको छ ।
कारितास जर्मनीको आर्थिक सहयोग, मानवअधिकार सञ्जाल तथा शान्ति कार्य समूह प्याग नेपालसँगको साझेदारी र इलाम नगरपालिकाको समन्वयमा खाद्यान्न सामग्री वितरण गरिएको हो ।
बगामा कार्यरत ७३ जना चिया मुजुदरलाई राहत वितरण गरिएको हो । कोरोना महामारीका कारण परिवारले रोजगार गुमाएपछि जीविकोपार्जनमा समस्या व्यहोर्दै आएका चिया मजदुरहरुलाई राहत वितरण गरिएको प्यागका निर्देशक प्रकाश अधिकारीले बताए । मजदुरहरुलाई चामल, तेल, दाल, नुन, न्यूटेला लगायतका सामग्री वितरण गरिएको हो । प्रति मजदुर २५ सय रुपैयाँ बराबरको राहत वितरण गरिएको कारितास नेपालले जनाएको छ ।
कार्यक्रममा कारितास नेपालका प्रदेश नं. १ का प्रमुख देवेन्द्र पोख्रेल, इलाम नगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष एवं प्रवक्ता ठाकूरनारायण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
यसरीनै सोक्तिम चिया बगानमा कार्यरत ६५ जना मजदुरलाई विहीबार बगानमै पुगेर राहत वितरण गरिने कारितास नेपालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार