काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् ।
प्रदेशसभामा आफूविरुद्ध अविश्वासको प्रतावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरु हुन अगावै उनले राजीनामा दिएका हुन् ।
विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् । सम्भवतः केसीलाई आजै नयाँ मुख्यमन्त्री घोषणा गरिने छ ।