इलाम । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङले पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै उनले आफूले ठूलो चुनौती स्वीकारेर विद्युत् प्राधिकरणमा दोस्रोपटक नियुक्ति लिएर आएको बताएका छन् ।
प्राधिरकणमा दोस्रो पटक कार्यकारी निर्देशकको भूमिकामा पुगेका घिसिङले आज पदभार ग्रहण गरेका हुन् । गत सोमबार मन्त्रिपरिषदबाट कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।
ऊर्जामन्त्री पम्फा भुसालको ठाडो प्रस्तावमा घिसिङ नियुक्त भएका हुन्।
३ वर्ष कार्यकाल बाँकी छँदै हितेन्द्र देव शाक्य भने प्राधिकरणबाट बाहिरिएका छन्। उनलाई सरकारले ऊर्जा आयोगमा नियुक्ति दिएको छ।