काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर ११ हजार ७०८ जनाको आरटी–पीसीआर गर्दा २ हजार ७६३ जना र ६ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ११५२ जना गरी आज ३ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख २८ हजार ५३२ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार २३९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ११८ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७९ हजार ४९५ जना पुगेको छ । यो कुल संक्रमितको ९३ दशमल ३ प्रतिशत हो । पछिल्लो समय निको हुनेको दर क्रमशः घट्दै गएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७९८ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३७ लाख ४० हजार ८१७ जनाको स्वाब ९नमूना० परीक्षण गरिएको छ भने अहिले ३८ हजार ७९८ जना आइसोलेसन र ४३९ जना क्वारेन्टिनमा छन् ।
अघिल्लो २४ घण्टाको अवधिमा नेपालमा ३ हजार २६० जना नयाँ संक्रमित, २ हजार २९४ जना निको र ३२ जना मृतकको संख्या थपिएको थियो ।