सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर साह राजीनामा दिन तयार भएका छन् । निर्देशक साहले अन्य तीन जना पदाधिकारीले पनि राजीनामा दिनुपर्ने बताएका छन् ।
उनले आफूभन्दा वरिष्ठ पदाधिकारीको शक्ति संघर्षको कोपभाजनमा परेको उल्लेख गर्दै हाल प्रतिष्ठानमा आन्दोलनरत पक्षले चारै पदाधिकारीको राजीनामा माग गरेकाले सबैले राजीनामा दिएर प्रतिष्ठानको हितमा मार्गप्रशस्त गर्न उचित हुने बताए । उनले भने, ‘पदाधिकारीको रुपमा नियुक्ति भएको भोलिपल्टैदेखि शक्ति संघर्षमा लागेर प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाउने, प्रतिष्ठानको आचारसंहिताविपरीत गोपनीयता भंग गरी एकले अर्कोलाई हानीगर्ने, उपकुलपतिले असीमित अधिकार लिएर एकल रुपमा प्रयोग र निर्णय गर्ने जस्ता विवादास्पद कामले प्रतिष्ठानको बदनाम गरेकाले मभन्दा माथिका तीन जनाले तत्काल नैतिकताका आधारमा राजीनामा दिएर समस्याको समाधान गर्नु उचित हुन्छ ।’
आफूले राजीनामा दिने मानसिकता बनाएपछि प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरि, शिक्षाध्यक्ष डा। गुरु खनाल, रजिष्ट्रार डा। मोहनचन्द्र रेग्मीसँगै अनौपचारिक छलफल गरेर प्रतिष्ठानको समस्या समाधान गर्न मार्गप्रशस्त गर्न सुझाव दिएको तर तीनै जनाले नमानेपछि औपचारिक धारणा तयार गरेको निर्देशक साहको भनाइ छ । उनले भने, ‘पदाधिकारीको पदभन्दा बीपी प्रतिष्ठानको प्राध्यापक पद आफ्नो जीवनको उपलब्धि मानेकाले प्रतिष्ठानलाई अनिर्णयको बन्दी हुनबाट मुक्त गर्न आफूसहित चारै पदाधिकारीको राजीनामा अपरिहार्य रहेको पनि छ ।’
ठूला प्लान्ट आफ्नै, बाहिरबाट अक्सिजन किन्दै
उनले प्रतिष्ठानका चारमध्ये कनिष्ठ पदाधिकारीको हैसियतले आफ्नो पक्ष सार्वजनिक गर्न जरुरी भएको जनाउँदै भने, ‘पदाधिकारीलाई अनेक सार्वजनिक आरोप लागे पनि उपकुलपतिसहित ती पदाधिकारी मौन रहेको र प्रतिष्ठान सधैंका लागि बन्द हुने अवस्थामा पुगेको छ ।’
बीपी प्रतिष्ठानमा बेथिति स् मेडिकल उपकरण खरिदमा २८ गुणासम्म बढी भुक्तानी
आफू अस्पताल निर्देशक भएयता डा। बलभद्रप्रसाद दास, डा। राजकुमार रौनियार, कार्यवहाक उपकुलपति डा। गुरु खनाल र हालका उपकुलति ज्ञानेन्द्र गिरिसँग काम गर्दाको अनुभवलाई पनि सार्वजनिक गरेका छन् । उनले भनेका छन्, ‘जति जना उपकुलपतिसँग मैले अस्पताल निर्देशकको रुपमा काम गरेँ । सबैले मलाई हैसियतविहीन, अधिकारविहीन बनाए । अस्पताल निर्देशकले गर्ने कामको प्रत्यायोजन अरुलाई दिए । कतिपयले मलाई राजीनामा दिन दबाब दिए ।’
‘प्रतिष्ठानको हितमा म त जुनसुकै बेला राजीनामा दिन्छु । तर मभन्दा वरिष्ठ पदाधिकारीहरु अनेक विवादमा आएका उपकुपति गिरि, शिक्षाध्यक्ष खनाल र रजिष्ट्रार रेग्मीले तत्काल राजीनामा दिएर आन्दोलनरत पक्षलाई सम्बोधन गर्न र गुमेको प्रतिष्ठानको साख फर्काउँदै सरकारलाई सहयोग गर्न उहाँहरुको मुख्य दायित्व हो,’ कान्तिपुरसँगको कुराकानीमा उनले भने ।
लागत बढाएर १२ करोड ४० लाखमा फार्मेसी भवन
यसैबीच स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले प्रतिष्ठानका उपकुलपतिसहित चारै पदाधिकारीले राजीनामा नदिए कारबाही गर्ने बताएका छन् । धरान उपमहानगरपालिकाबाट मेयर तिलक राईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग राज्यमन्त्री श्रेष्ठले बर्खास्त गर्ने बताएका छन् । ईकान्तिपुरमा प्रदिप मेन्याङ्बाेले समाचार लेखेका छन् ।