महिलाभन्दा पुरुष संक्रमित बढी

इलाम । कोभिड– १९ को दोस्रो लहरको संक्रमण शनिबार जिल्लाभर १६ जनामा पुष्टि भएको छ । इलाम नगरपालिकामा –२, माई नगरपालिकामा –१० र सन्दकपुर गाउँपालिकामा –४ गरि १६ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
कार्यालयका अनुसार ९ जना आइसियुमा उपचार गराइ रहेका छन् । ८१३ होम आइसोलेसनमा र ८ जना सामान्य उपचारमा रहेको जनाइएको छ । अहिले सम्म दोस्रो लहरको कोभिडबाट ९१ जनाको ज्यान गएको कार्यालयको तथ्याकंमा उल्लेख छ ।

दोस्रो लहरको कोभिडबाट अहिले सम्म इलाममा एक देखि १८ वर्ष उमेर समुहका ५९६ संक्रमित भएका छन् । यस्तै १९ देखि ४० वर्ष समुहमा २ हजार १७६ जना, ४१ देखि ६० वर्ष उमेर समुहमा १ हजार ११२ जना, ६१ देखि ८० वर्ष समुहमा ३५५ जना र ८० वर्ष माथि ३८ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ । यसमध्ये १८ वर्ष मुनिका ३११ बालिका र महिला गरेर १ हजार ९४२ जना र २८५ बालक सहित अन्य पुरुष गरेर दुई हजार ३३५ गरेर ४ हजार २७७ जनामा कोभिड संक्रमण भएको छ । यसबीचमा ३ हजार ३५६ जना निको भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार