इलामका सात स्थानीय तहमा कडा निषेधाज्ञा गर्न सिफारिस

प्रशासनले भने खुकुलाे गर्ने संकेत


इलाम । जिल्ला कोभिड संकट व्यवस्थापन समितिले काेराेना भाइरसकाे संक्रमण बढी भएका जिल्लाका सातवटा स्थानीय तहमा कडा किसिमको निषेधाज्ञा गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ ।

सोमबार बसेको समितिको बैठकले इलाम नगरपालिका, सूर्योदय नगरपालिका, माइजोगमाई गाउँपालिका, सन्दकपुर, रोङ र फाकफोकथुम गाउँपालिकामा कडा किसिमको निषेधाज्ञा गर्न सिफारिस गरेको हो ।

समितिले चुलाचुलीमा सामान्य किसिमको निषेधाज्ञा गर्न र देउमाई र माई नगरपालिकामा भने गएको १५ दिन र सात दिनको संक्रमणको अवस्था, संक्रमण परिक्षणको अवस्था हेर्दा जोखिम कम रहेको समितिले सिफारिस गरेको छ ।

समितिले यस्तो सिफारिस गरेपनि जिल्लाको अवस्था फरक रहेकाले खाद्यान्न र बैंकहरु भने केही सहज हुनसक्ने अवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले बताए । ‘लोकसेवा आयोगको परीक्षा, त्रिभुवन विश्वविद्यालयको परिक्षा लगायतका विषयले पनि स्मार्ट लकडाउनकै अवस्थामा अलि जाँदैन कि जस्तो अवस्था छ ।’ चापागाईंले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार