काठमाडौं। अफगानिस्तानमा रहेका १ सय ३४ नेपालीले आफ्नो विवरण टिपाएका छन् ।
कन्सुलर सेवा विभागको वेबपोर्टलमा हिजो बेलुकासम्म १ सय ३४ जना नेपालीले आफ्नो विवरण दर्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरूलाई एक वा दुई दिनमै स्वदेश फर्काउने तयारी छ ।
रोजगारीको सिलसिलामा रहेका नेपालीको अवस्था एकिन गरि आवश्यक समन्वयका साथ उद्धारका काम गर्न मन्त्रालयले गठन गरेको कार्यदलले यसअघि विवरण सङ्कलन गर्ने निर्णय गरेको थियो ।