चियाको गुणस्तर कायम गर्न मापदण्ड पालनामा कडाई

  आवाज संवाददाता


इलाम । गुणस्तरहीन हरियो पत्ति टिपाई भएको पाइएपछि सूर्योदय नगरपालिकाले चिया किसान, संकलक र उद्योगीलाई नगरपालिकाको मापदण्ड अनुसार काम गर्न निर्देशन दिएको छ ।

दुई दिनअघि जिल्ला समन्वय समिति प्रमुखसहित जिल्ला प्रशासन कार्यालय र सूर्योदय नगरपालिकाले अनुगमन गर्दा हरियो पत्ति गुणस्तरहीन पाइएपछि गुणस्तर कायम गराउन नगरपालिकाले यस्तो सूचना जारी गरेको हो ।

नगरपालिकाले हरियो पत्तीको न्यूनतम मुल्य प्रतिकिलो ४० रुपैयाँ तोक्दै गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि २०७५ कार्यान्वयनमा ल्याएको थियो । तर, कार्यविधिमा भएको मापदण्ड अनुसारको चिया नभएपछि मापदण्ड कडाइका साथ लागू गर्न नगरपालिका अग्रसर भएको हो ।

नगरपालिकाको उद्योग प्रर्वद्धन तथा सहकारी शाखाले सूचना जारी गर्दै संकलकले संकलन केन्द्रबाट कारखानासम्म हरियो चिया पत्ति ढुवानी गर्दा जाली बोरामा ३५ किलो सम्ममात्र ढुवानी गर्नुपर्ने, उद्योग तथा संकलन केन्द्रहरुले कार्यविधिमा तोकिएको न्युनतम मूल्य ४० रुपैयाँको खरिद बिल सहितको मुल्य कृषकलाई उपलब्ध गराउनु पर्ने, उद्योग तथा संकलन केन्द्रहरुले हरियो पत्तिको मुल्य सूची सबैले देख्ने गरी टाँस गर्नुपर्ने, किसानले मापदण्डमा भए अनुसारको पत्ति टिप्नु पर्ने र विषादीरहित हुनुपर्ने उल्लेख गरेको छ । सूचना गरिए अनुसार अनुगमनका क्रममा भेटिए कानून अनुसार कार्वाही हुने चेतावनी समेत दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार