इलाम । दल विभाजनसम्बन्धी अध्यादेश जारी भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो अध्यादेश प्रमाणीकरण गरेकी हुन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। अध्यादेश केहीबेरमा जारी हुनेछ।
राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न जारी गरिएको अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्याएमा दल विभाजन गर्न सकिने व्यवस्था छ।