महन्त ठाकुर समूहको पार्टीको नाम ‘जसपा नेपाल लोकतान्त्रिक’

  आवाज संवाददाता

 

इलाम । जनता समाजवादी पार्टीमा असन्तुष्ट रहेको महन्थ ठाकुर समूहले नयाँ पार्टी गठन गर्ने भएको छ । ठाकुर पक्षको बुधबारको बैठकले पार्टीको नाम टुंगो लगाएको हो ।

जसपाका नेता शरतसिंह भण्डारीका अनुसार पार्टीको नाम ुजसपा नेपाल लोकतान्त्रिकु राख्ने निर्णय भएको छ । उनले भने, ‘पार्टीको नाम टुंगो लागेको छ । जसपा नेपाला लोकतान्त्रिक राख्ने भयौं । कति पदाधिकारी हुने र कति सदस्यीय केन्द्रीय कमिटी बनाउने देखि संगठन संरचना कस्तो हुने भन्नेबारे छलफल जारी रहेको छ ।’

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ सिफारिस गरेसँगै जसपा विभाजन गर्न असन्तुष्ट ठाकुर पक्ष लागेको थियो । ठाकुरले आफ्नै नेतृत्वमा दल दर्ता गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएका छन् । उनले बुधबार बिहानै सांसद र केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई बैठकका लागि बोलाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार