अध्यादेशको विरोध गर्दै विद्यार्थी र युवाले निकालेको मसाल जुलुसमा प्रहरीको हस्तक्षेप

  आवाज संवाददाता


इलाम । सरकारले हिजो जारी गरेको दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा अनेरास्ववियू र युवा संघ इलामले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रहरीको हस्तक्षेपको बीच पनि विद्यार्थी र युवाहरुले चोकमा अध्यादेश जलाउँदै कोणसभा गरेका थिए ।
नेकपा एमालेको पार्टी कार्यालयबाटे मसाल जुलुस शुरु गरिएको थियो । मसाल जुलुस शुरु हुने वित्तिकै प्रहरीले हस्तक्षेप गरेको थियो । मसाल खोसाखोस हुँदै विद्यार्थी र युवाहरुले चोकसम्म पुगेर अध्यादेश जलाएका थिए । प्रहरीले मसाल खोस्ने क्रममा युवा संघका केन्द्रीय सदस्य ज्ञानु दाहाल घाइते भएका छन् ।

अध्यादेश जलाएपछि आयोजित कोणसभामा अनेरास्ववियूका केन्द्रिय सचिवालय सदस्य इश्वरी तामाङ र युवा संघ नेपाल इलामका अध्यक्ष अरुण बरालले सम्बोध गरेका थिए । कोण सभालाई सम्बोधन गर्दै उनीहरुले देउवा सरकारले अध्यादेश मार्फत मुलुकलाई अस्थिरता तर्फ धकेलेको बताए । सरकारले दलहरुलाई कमजोर बनाएर अन्तर्राष्ट्रिय शक्ति केन्द्र चलखेल बढाउने काम गरेको भन्दै अध्यादेशको विरोध गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार