नगरले दियो किसानलाई दाँते ओखरको विरुवा

  आवाज स‌वाददाता


इलाम।इलाम नगरपालिकाले नगरका किसान र कृषि फार्मलाई निःशुल्क दाँते ओखर वितरण गरेको छ ।
नगरको ५० किसान र कृषि फर्महरुलाई दाँते ओखर वितरण गरेको हो ।

आइतबार नगरपालिकामा नगरप्रमुख महेश बस्नेत, उपप्रमुख शुसीला नेम्बाङ्ग र प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भूजेलले किसानलाई विरुवा वितरण गरेका थिए । किसानहरुलाई सात सय ५० थान विरुवा वितरण गरिएकाे नगरपालिकाले जनाएकाे छ ।
टर्कीबाट ल्याइएको दाँते ओखर १२ सय मिटरदेखि २३ सय मिटरको उचाईसम्म रोप्न मिल्ने बताइएको छ । दाँते ओखर बजारमा केजीकाे ६ सयदेखि सात सयसम्ममा विक्री हुने बताइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार