इलाममा संक्रमणबाट मृत्यू हुनेको संख्या एकसय नाघ्यो, विहीबार मात्र ४ जनाको मृत्यू

  आवाज सम्वाददाता


लाम । इलाममा कोरोना भाइरसको संक्रमणबाट मृत्यू हुनेको संख्या एक सय नाघेको छ ।

विहीकार मात्र कोरोना भाइरसको संक्रमणबाट चार जनाको मृत्य भएको छ । योसँगै इलाममा संक्रमणबाट मृत्यू हुनेको संख्या एक सय एक पुगेको छ । विहीबार इलामको चुलाचुली गाउँपालिकामा तीन जनाको मृत्यू भएको छ भने रोङ गाउँपालिकामा एक जनाको मृत्यू भएको छ ।

चुलाचुली गाउँपालिका वडा नं. १ का २५ वर्षीय एक पुरुष र ४३ वर्षीया महिलाको मृत्यू भएको छ । सोही गाउँपालिका वडा नं. ५ का ३० वर्षीया महिलाको पनि संक्रमणबाट मृत्यू भएको छ । यसरीनै रोङ गाउँपालिका वडा नं. ३ का २८ वर्षीय एक पुरुषको संक्रमणबाट मृत्यू भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन बिमल बरालले इलामआवाजलाई जानकारी दिए ।

यसरीनै विहीबार इलाममा ४७ जना संक्रमित थपिएका छन् । इलाम नगरपालिका र सूर्योदय नगरपालिकामा ११–११ जना, सन्दकपुर गाउँपालिकामा ८ जना, माई नगरपालिकामा ७ जना, चुलाचुली गाउँपालिकामा ३ जना, देउमाई नगरपालिकामा ४ जना, फाकफोक गाउँपालिकामा २ र रोङ गाउँपालिकामा १ जना संक्रमित भएका छन् ।

इलाममा  हालसम्म चार हजार सात सय २ जना संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार