काेराेना कहरमा इटहरी उपमहानगरपालिकाले ल्यायाे घरमै वसेर कर तिर्न सकिने अनलाइन पे

  आवाज सम्वाददाता


इलाम । इटहरी उपमहानगरपालिकामा अव घरैबाट कर तिर्न सकिने भएको छ । मोवाइलवाटै सम्पति कर, ब्यवसाय कर, वहाल कर तिर्न सकिने भएको हो ।

आज विहान नगरप्रमुख द्धारिकलाल चौधरीले आफूले तिर्नुपर्ने कर तिरेर करदाता पोर्टलको शुभारम्भ गरेका छन् ।

घुँडाको अपरेसन गरेर घरमै स्वास्थ्यलाभ गरिरहेकी उपप्रमुख लक्ष्मी गौतमले पनि आजै मोबाइल एपबाट नगरलाई कर भुक्तानी गरेकी हुन् । करदाता पोर्टलको शुभारम्भमा नगरप्रमुख चौधरीले इटहरी उपमहानगरपालिकालाई पेपरलेस वनाउने अवधारणा अन्र्तगत अनलाइनबाटै कर तिर्ने सेवा सुरु गरिएको वताए ।

निमित्त प्रमुख प्रशासकीय अघिकृत भोजकला दवाडीले घरवाटै करतिर्न पाउनु पनि विकासको एउटा महत्वपूर्ण खुटकिलो र पारदर्षिताको अंग रहेको वताऐ । राजश्व प्रशासन शाखा प्रमुख नविन भटटराईले मोवाइलवाटै कति कर तिर्न छ भनेर हेर्न,लेखाजोखा गर्न र तिरीसकेपछि विल प्रिन्ट गर्न सकिने वताए । करभुक्तानी गरी पछि सम्वन्धित ब्यक्तिको इमेलमा विल आउने छ । मोवाइलमा तत्काल जानकारी आउने छ ।

यसरी तिर्न सकिन्छ घरमै वसेर कर

सवैभन्दा सुरुमा इटहरी उपमहानगरपालिकामा करदाताको रुपमा दर्ता हुनुपर्छ । दर्ता हुदाँ अनिवार्य रुपमा मोवाइल नम्वर र इमेल ठेगाना उपलब्ध गराउनुपर्छ । त्यसपछि नगरपालिकाले करदाता संकेत उपलब्ध गराउछ । इटहरी उपमहानगरपालिकाको वेवसाइट www.itaharimun.gov.np मा जानुपर्छ । त्यहाँ विद्युतीय शुसासन सेवामा क्लिक गरेपछि करदाता पोर्टल खुल्छ । नगरपालिकाले उपलब्ध गराएको संकेत प्रयोग गरेर आफूलाई त्यहाँ रजिष्टर गर्नुपर्छ । एसएमएस तथा इमेल भेरिफिकेसन पछि युजरनेभ र पासवर्ड प्राप्त हुन्छ ।त्यहि युजरनेम र पासवर्ड प्रयोग गरि संसारको कुनै पनि कुनावाट इसेवा वा खल्ति प्रयोग गरि कर तिर्न सकिन्छ । आफनो ब्यक्तिगत विवरण सम्पति विवरण,ब्यवसाय सम्वन्धि विवरण,वहालको विवरण,करतिर्नुपर्ने तथा तिरेको विवरण हेर्न सकिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार