रेडक्रसले दियाे रोङलाई स्वास्थ्य सामग्री

  आवाज सम्वाददाता

इलाम । नेपाल रेडक्रस सोसाइटी इलामले रोङ गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोभिड संक्रमण बढिरहेका बेला रेडक्रसले एक थान अक्सिजन कन्सन्ट्रेटर, एक थान वाटर प्युरिफायर र पिपिई सेट प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।
झापाको सीमा क्षेत्रसँग जोडिएको रोङमा कोभिड संक्रमितको संख्या भने बढिरहेको छ । जिल्लास्थित कोभिड संकट व्यवस्थापन समितिले पनि रोङलाई कोभिड संक्रमणको ‘रेड जोन’मा राखेको थियो । रोङमा दोस्रो लहरको कोभिडबाट ४८३ जना संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार