इलाम । इलाममा शुक्रबार कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यू हुनुका साथै ३७ जना संक्रमित थपिएका छन् ।
रोङ गाउँपालिका वडा नं. ६ का १८ वर्षीय पुरुष र चुलाचुलीका गाउँपालिका वडा नं. ३ का ६४ वर्षीय पुरुषको मृत्यू भएको स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन विमल बरालले बताए । योसँगै जिल्लामा मृत्यू हुनेको संख्या एक सय तीन जना पुगेको छ ।
शुक्रबार चुलाचुली गाउँपालिकामा ११ जना, इलाम नगरपालिकामा ५ जना, सूर्योदय नगरपालिकामा ५ जना, माई र देउमाई नगरपालिकामा ३–३ जना, माइजोगमाई गाउँपालिका २ जना, र रोङ र फाकफोकथुम गाउँपालिकामा १–१जना संक्रमित भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
इलाममा संक्रमितको संख्या चार हजार सात सय ३७ जना पुगेको छ ।