इलाम। माधव नेपालले निर्वाचन आयाेगमा नयाँ दल दर्ता गर्नका लागि निवेदन दिएपछि माैन रहेका नेता झलनाथ खनालले माधव नेपालकाे साथ नछाेड्ने भएका छन् । भारतमा उपचाररत नेता खनाल नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा रहेको उनकाे सचिवालयले जानकारी गराएकाे छ ।
खनालको सचिवालयले नयाँ दर्ता भएको नेकपा एकीकृत समाजवादीलाई खनालको साथ र समर्थन रहेको फेसबुक मार्फत जानकारी गराएकाे हाे ।
सचिवालयले फेसबुकमा लेखेको छ– ‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौं ।’