रेडक्रसले दियो माई अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर 

 माई  । नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखा र जिल्ला शाखाले संयुक्त रुपमा  शुक्रबार माई नगर अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामग्री प्रदान गरेको छ।
रेडक्रस इलामका  शिबप्रसाद गौतम लगायत रेडक्रसकर्मीहरुको टोलीले माईका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेल र माई नगरपालिका लेखा शाखा प्रमुख क्षेत्रनाथ शर्मालाई संयुक्त रुपमा १० लिटर क्षमताका कन्सन्ट्रेटर एक थान,  पिपिई लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको रेडक्रस दानाबारी शाखा सभापति मित्र प्रसाद गौतमले जाकारी दिए ।
स्वास्थ्य बिमा कार्यक्रम सहित जिल्लाकै दोस्रो १५ बेडको सरकारी अस्पताल सन्चालन गरिएको माई नगर अस्पतालमा अब ७ बटा अक्सिजन कन्सन्ट्रेटर भएको प्रमुख कट्टेलले जानकारी दिए  । अस्पतालमा मेडिकल अधिकृत डा. राम कृष्ण आचार्य सहित स्वास्थ्यकर्मीको टोलीले दैनिक ६० जना भन्दा बढीको स्वास्थ्य परीक्षण गरिरहेका छन् । कोभिडको नियमित एन्टिजेन परीक्षण, बिरामीका लागि इसिजी, ईको, भिडियो एक्सरे, स्वास्थ्य परीक्षण लगायतको दैनिक सेवा माई नगर अस्पतालबाट प्रदान गरिदै आएकाे छ । सामान्य उपचार गर्न झापाका बिभिन्न अस्पताल जानु पर्ने बाध्यता अब माई नगरबासीका लागि अन्त्य भएको स्थानीयहरु बताउँछन्  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार