फेरि झापाका दुई किशाेर ब्राउन सुगर सहित पक्राउ

  आवाज संवाददाता

 झापा । झापा बिर्तामोड नगरपालिका- ९ देवकोटा चौकबाट लागूऔषध ब्राउन सुगर सहित दुई किशाेरलाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका ८ का २० बर्षीय गोपाल बिश्वकर्मा र ईलाम माई नगरपालिका ६ घर भई हाल बिर्तामोड नगरापालिका-८ स्थितमा डीडीआर फार्मेसी संचालन गरी बस्ने २० बर्षीय भिष्म वुढाथोकी रहेका छन् ।

 हिजो बेलुका साढे ४ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई ब्राउन सुगर ५ ग्राम ५१० मिलिग्राम सहित प्रकाउ गरिएको हो । पक्राउ परेका दुवैजना उपर थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार