बामदेव एमालेमै रहेकाे सचिवालयकाे विज्ञप्ति

  आवाज सम्वाददाता

इलाम । नेकपा एमालेका नेता वामदेव गौतमले आफू एमालेमै रहेको बताएका छन् ।

गौतम माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा लागिसकेको र मन्त्री बन्ने तयारीमा रहेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएका चर्चाप्रति उनको सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ ।

सचिवालयले ति प्रचारमा कुनै पनि सत्यता नरहेको स्पष्ट पारेका गौतमका स्वकीय सचिव दीपक टमटाले छन् ।

उनले भनेका छन्, ‘आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क।वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटो सहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन । क।वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा ९एमाले० को नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक हो । तसर्थ अन्य खाले प्रचार प्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार