इलाम । इलाममा निषेधाज्ञा कडाई गरिएसँगै कोरोना संक्रमितको संख्यामा कमी आएकाे छ ।
केही दिनअघि दैनिक संक्रमण दर एक सय नाघेको इलाममा पछिल्लो समय क्रमशः कम हुँदै गएको देखिन्छ । आइतबार ३९ जना संक्रमित भएका छन् । फाकफोकथुम गाउँपालिकामा मात्र २० जना संक्रमित भएका छन् । इलाम नगरपालिकामा १० जना, माई नगरपालिकामा ५ जना, देउमाई नगरपालिका र सन्दकपुर गाउँपालिकामा २–२ जना संक्रमित भएका छन् । इलाम नगरपाकिकाका एक जनाको संक्रमणबाट मृत्यू भएको छ ।
यसरीनै शनिबार ३१ जना संक्रमित भएका छन् । शुक्रबार ४७ जनामा संक्रमण देखिएको थियो । जिल्ला प्रशासन कार्यालयले प्रकाशन गर्ने दैनिक जानकारीमा गएको हप्तादेखि संक्रमितको संख्या घट्दै गएको देखिन्छ । हुन गाउँ गाउँमा यतिखेर रुघाखोकीका विरामीहरु धेरै छन् । विरामी सबैले एन्टिजेन परीक्षण गर्दैनन् । यसैले परीक्षण कम भएर हो या संक्रमण घट्दै गएर हो संक्रमितको संख्या घट्दै गएको छ ।
प्रशासनले भदौं १० गतेसम्म जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।