इलाम नगरपालिकाकाे शिक्षा नियमावली प्रति वडाध्यक्षको आपत्ति

  आवाज सम्वाददाता

इलाम । इलाम नगरपालिकाले भरखरै जारी गरेको शिक्षा नियमावलीकाे सातौं संशोधनप्रति नेपाली कांग्रेसबाट निर्वाचित छ जना वडाध्यक्षहरुले आपत्ति जनाएका छन् ।  एकलौटी ढंगले नगरकार्यपालिकाबाट शिक्षा नियमावलीको सातौं शंसोधनलाई जबरजस्ती पारित गरेर राजपत्रमा प्रकाशन गर्दै कार्यान्वयन गर्न खाेजिएकाे  उनीहरुको आरोप छ ।

उक्त नियमावलीले विद्यालय व्यवस्थाप समिति चयन गर्दा वडासमितिले महिला सहित तीन जनाको नाम सिफरिस गर्ने व्यवस्था गरेको छ । सिफारिस गरिएका सदस्यहरु मध्ये नगरकार्यपालिकाले एक जनालाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष छनौट गर्ने व्यवस्था छ । साताै‌ शंसोधनपछि वडा समितिले चुनेर पठाएका तीन मध्ये नगरकार्य पालिकाले एक जनालाई विव्यस अध्यक्ष छान्न सक्ने र बाँकी तीन जना सदस्य नगरप्रमुख आफैंले मनोनित गर्न पाउने व्यवस्था छ । तीन जना सदस्य मनोनित गर्ने अधिकार नगरप्रमुख आफैंले लिएर वडाको अधिकार खोसेको वडाध्यक्षहरुको भनाइ छ । यसअघि भने नगरप्रमुखले एक जना सदस्य सदस्य ताेक्ने व्यवस्था थियाे ।

नेपाली कांग्रेस सम्बद्ध नगरका वडा–३, ४, ७, ८, ११ का वडाध्यक्षहरुले सोमबार पत्रकार सम्मेलन गर्दै नगरकार्यपालिकामा छलफलनै गर्न नपाइ शिक्षा नियमावली सातौं शंसोधन पारित गरेको आरोप लगाएका छन्् । ‘पहिला–पहिला कार्यपालिका बैठक बस्न अघि एजेन्डा जान्थ्यो, आज के विषयमा बैठक बस्छ थाह हुन्थ्यो ।’ वडा– ४ का वडाध्यक्ष नुतनदेव दुलाले भने ‘पछिल्लो समय हामीलाई ऐजेन्डा बताईंदैन, अस्तिको पटक बैठकमा आउँदा एकैचोटि शंसोधन प्रस्ताव आयो, हामीले अध्ययन गर्ने समय माग्यौं, सबैकुरा संविधान अनुसार राम्रा छन् भन्दै जबरजस्ती पारित गरियो ।’ शिक्षा नियमावलीमा के थियो भन्ने थाहै नपाएको उनीहरुको गुनासो ।

सोमबार पनि विहान ८ बजेलाई बोलाइएको कार्यपालिका बैठकमा आफूहरु ढिलो हुँदा बैठकनै सक्किएको वडा–७ का वडाध्यक्ष नरेश श्रेष्ठ बताउँछन् । ‘सधैं ढिलै हुन्थ्यो, त्यस्तै होला भनेर हामी ९ बजे आइपुग्यौं, हामी पुग्दा बैठक सक्किएछ, केही छलफल गर्नै पाइएन ।’

शंसोधित शिक्षा नियमावलीमा प्रमुखले तोकेको नगरपालिकाका महिला २ तथा दलित १ समेत ४ जना सदस्य रहने व्यवस्था छ । ती मध्ये नगरप्रमुख आफैंले तोकेको भनेर सबै अधिकार आफ्नो हातमा लिएको वडाध्यक्षहरुको आरोप छ । यता नियमावलीले महिला नेतृत्वलाई स्थापित गराउन प्रत्येक स्थानमा एक तिहाइ महिला नेतृत्व सुनिश्चित गरेको छ । नगरकार्यपालिका र नगरप्रमुखले वडा शिक्षा समितिलाई समेत वेवास्ता गरेको वडा–७ का अध्यक्ष नरेश श्रेष्ठ बताउँछन् ।

स‌शाेधित बूँदाहरु:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार