इलाम । जिल्ला प्रशासन कार्यालयको एक टोलीले आज इलाम बजारमा रहेका औषधी पसलहरुको अनुगमन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईं नेतृत्वको टोलीले औषधी पसल अनुगमन गरेको हो । आरोग्य मेडिकल, ओम शिव मेडिकल हल, एपोलो फार्मेसी, द मेडिको, गजुरमुखी मेडिकल हल, जनसेवा मेडिकल,दुर्गा मेडिकल र शान्ता मेडिकल हलको अनुगमन गरिएको थियो ।
ती मध्ये शान्ता मेडिकल हलले दर्ता सम्बन्धी कागजात पेस गर्न नसकेको र उस्लाई सात दिन भित्र आवश्यक कागजात सहित जिल्ला प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको सहायक प्रजिअ चापागाईंले बताए ।
अनुगमनका क्रममा अन्य सबै जसो मेडिकलहरुमा नियम अनुसारनैसञ्चालन रहेको पाइएको जनाइएको छ ।