इलाम । लागू औषध सेवन कर्ताको आरोपमा पक्राउ परेका इलाम नगरपालिका– ७ का सविन गौतम विरुद्ध जिल्ला अदालतले एक महिना कैद सजाय सुनाएको छ ।
गएको जेठमा महिना अघि पक्राउ गरिएका गौमतमाथि लागू औषध (गाजाँ) सम्बन्धी मुद्दा चलाइएको थियो । गौतमको मुद्दामाथि सुनुवाई गर्दै उनी विरुद्ध एक महिना कैद र पीडित राहत कोषमा जम्मा गर्ने गरि दुई सय रुपैयाँ क्षतिपूत्र्तिको फैंसला सुनाइएको श्रस्तेदार फडिन्द्र भट्टराईले बताएका छन् ।