कार्यकर्तासहित मावध नेपालकाे बास चन्द्रागिरी रिर्साेटमा

  आवाज संवाददाता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) दर्ताको चरणमा रहेका नेता माधवकुमार नेपाल सोमबार साँझ चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका छन् ।

दुई दिनअघि नेता नेपाल आफूनिकट सांसद र केन्द्रीय सदस्यलाई लिएर चन्द्रागिरि रिसोर्टमा पुगेका हुन् भने नेता नेपाल आज रिसोर्टमै बस्नेछन् ।

स्रोतका अनुसार रिसोर्टमा झन्डै सय जनाका लागि आज कोठा बुक गरिएको छ । नयाँ पार्टी दर्ताका लागि समर्थन गरेका केन्द्रीय सदस्य सांसदहरूको बैठकका लागि चन्द्रागिरि पुगेका हुन् । उनीहरू बुधबार बिहानैसम्मै चन्द्रागिरिमै बस्ने स्रोतको भनाई छ ।

निर्वाचन आयोगले नेपाल नेतृत्वको नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न बुधबार बोलाएको छ ।

माधव नेपालसँग नगएका एमालेका नेताहरूले आजै अध्यक्ष केपी शर्मा ओलीसँग उनको निवास बालकोटमा छलफल गरेका थिए । ओली १० बुँदे कार्यान्वयन गर्न सहमत भएको र भोलि बिहान स्थायी कमिटी बैठक बस्ने छलफलमा सहभागी एमाले सचिव योगेश भट्टराईले बताएका थिए ।

अब आफूहरूले माधव नेपाललाई भेटेर नयाँ पार्टी दर्ताको प्रक्रिया फिर्ता गर्न आग्रह गर्ने उनले बताएका थिए । नेपालसहितका नेताहरू चन्द्रागिरि गएपछि अब उनलाई भेट्न चन्द्रागिरि नै पुग्ने तयारी रहेको स्रोतको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार