प्रभावित हुने डरले कार्यकर्तालाई महङ्गाे रिसाेर्टमा बसाइयाे, घाेषणा पत्र वितरण

  आवाज संवाददाता

इलाम । एमालेबाट फुटेर नयाँ दल दर्ता प्रक्रियामा रहेका माधवकुमार नेपालले केन्द्रीय सदस्य र सांसदलाई सुरक्षित राख्न महँगो रिसोर्टमा लगेर राखेका छन्भ । हिजो नेपालले आफू पक्षका केन्द्रीय सदस्य र सांसदलाई काठमाण्डौको चन्द्रागिरि हिल्स रिसोर्टमा पुर्याउनु भएको हो । रिसाेर्टकाे खर्च कसले ब्यहाेरेकाे छ भन्ने खुलाइएकाे छैन  ।

नयाँ दल दर्ताको तयारी भइरहेका बेला आफू पक्षका नेताहरूको मन नभाडियोस् भनेर उनीहरुलाई महँगो रिसोर्टमा लगिएको बुझिएको छ । नेपाल पक्षका केन्द्रीय सदस्यहरुले भने दर्ता प्रक्रियामा रहेको पार्टीको छलफल र योजना बनाउन रिसोर्टमा भेला भएको बताएका छन् । नयाँ दल गठनप्रति असन्तुष्ट तेस्रो धारका एमाले नेताहरू एकताको पक्षमा उभिएकाले नेता नेपालले आफू पक्षका केन्द्रीय सदस्य र सांसदलाई रिसोर्टमा राखिएकाे हो ।

एमालेका तेस्रो धारका नेताहरु र अध्यक्ष केपी शर्मा ओलीबीच हिजो नै १० बुँदे समझदारी कार्यान्वयन गर्ने सहमति बनेको थियो । सहमति भएकै दिन तेस्रो धारका नेताहरूले सांसद र केन्द्रीय सदस्यलाई प्रभावित पार्न सक्ने जोखिम देखेर नेपालले आफू निकट नेताहरूलाई रिसोर्ट पुर्याएको संस्थापन पक्षका एक नेताले बताए ।

ओलीले १० बुँदे समझदारी कार्यान्वयन गर्न आफू तयार रहेको पनि बताउनु भएको छ । नेपालको नेतृत्वमा प्रस्ताव गरिएको नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगले सनाखत गर्न बुधवार बोलाएको छ ।

यसैबीच,प्रस्तावित नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले नयाँ पार्टी गठन गर्नुपरेको बताएका  छन् । नेपालले गएराति चन्द्रागिरि रिसोर्टमा आयोजित प्रस्तावित पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको बैठकका क्रममा अध्ययनका लागि भन्दै त्यहाँ उपस्थित ४६ जना केन्द्रीय सदस्यहरुलाई पार्टीको अन्तरिम विधान र घोषणापत्र वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार