किसानलाई मकैको बीउ वितरण

  आवाज संवाददाता


बरबोटे। इलाम नगरपालिका वडा नं. ४ ले वडाका किसानहरुलाई सोमबारदेखि मकैको बीउ वितरण गरेको छ ।

वडा कार्यालयमा आयोजित कार्यक्रममा किसानहरुलाई उन्नत जातको मकै बीउ वितरण गरेको हो । आर्थिक विकास कार्यक्रम अन्तर्गत मकै बीउ अनुदानमा वितरण गरिएको वडाध्यक्ष नुतनदेव दुलालले बताए ।

इलाम नगरपालिका वडा नं. ४ का वडाध्यक्ष नूतनदेव दुलाल, सदस्यहरु ज्ञानेन्द्र निरौला, सीता बराल र सुशीला विकले किसानहरुलाई मकै वितरण गरेका थिए । वडाका पाँच सय पचास किसानहरुलाई मकैको बीउ वितरण गरिएको वडाध्यक्ष दुलालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार