एमाले विवाद मिलाउने सुत्राधार सुवास नेम्वाङले भने, पर्सिदेखि माधव नेपालसँग वार्ता सुरू हुन्छ

  आवाज सम्वाददाता

इलाम । एमालेमा सहमति गराउने एक जना प्रमुख सुत्राधार सुवाचन्द्र नेम्वाङले अब माधवकुमार नेपाललाई फर्काउन पहल गरिने बताएका छन् ।

एक अनलाइनसँग कुरा गर्दै नेम्बाङले भोलिको स्थायी कमिटीले आज बालकोटमा भएको छलफलको अनुमोदन गरेपछि माधव नेपालसँग वार्ता गर्ने बताएका छन् ।

‘धेरै हण्डर ठक्कर खाएर आजको सहमतिमा ल्याइएको हो । यसलाई भोलिको पार्टी स्थायी कमिटीको बैठकले अनुमोदन गरेपछि अर्को चरण सुरू हुन्छ,’ नेम्वाङले भने, ‘पर्सिदेखि माधव नेपाललाई पनि एमालेमा फर्काउन हामी वार्ता सुरू गर्छौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार