इलाममा संक्रमणबाट मंगलबार चारको मृत्यू , ५९ जना संक्रमित

  आवाज सम्वाददाता


इलाम । इलाममा कोरोना भाइरसको संक्रमणबाट मंगलबार दुई महिला र दुई पुरुषसहित चार जनाको मृत्यू भएको छ ।
मृत्यू हुनेहरुमा माई नगरपालिकाका वडा नं. ५ का ६२ वर्षीय पुरुष र सोही वडाका ३४ वर्षीय महिला रहेका छन् ।

यसरीनै इलाम नगरपालिका वडा नं. १ का ५३ वर्षीय पुरुष र देउमाई नगरपालिका वडा नं. ७ का ५५ वर्षीया महिलाको पनि मृत्यू भएको स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन बिमल बरालले जानकारी दिए । योसँगै इलाममा संक्रमणबाट मृत्यू हुनेको संख्या एक सय आठ जना पुगेको छ ।

मंगलबार इलाममा ५९ जना संक्रमित थपिएका छन् । माई नगरपालिकामा १९ जना, सूर्योदयन नगरपालिकामा १४ जना, इलाम नगरपालिकामा १३ जना, देउमाई नगरपालिकामा १२ जना र माईजोगमाई गाउँपालिकामा एक जनामा संक्रमण भएको छ । इलाममा हालसम्म चार हजार चार सय ९६ जना संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार