इलाम नगरपालिकाद्वारा ५ समिति पुन: गठन, पर्यटन समितिकाे अध्यक्षमा अधिकारी

  आवाज सम्वाददाता

इलाम । इलाम नगरपालिकाकाे सोमबार बसेको कार्यपालिका बैठकले इलाम नगरपालिका अन्तर्गत रहेका र समयावधि सक्किएका पाँच वटा समितिहरुको पुन: गठन गरेको छ ।

नगरले प्रकाश अधिकारीको संयोजकत्वमा नगर पर्यटन समिति गठन गरेको छ । उपाध्यक्षमा सुशीला सापकोटा, उपाध्यक्ष हरि गुरुङ्ग, सचिव ज्ञाननाथ दाहाल, कोषाध्यक्ष उमेशचन्द्र महत, सदस्यहरु सोमनाथ सुनुवार, कुन्ती बस्नेत, पविमाया गुरुङ्ग, रिना घिमिरे, अन्जना कर्माचार्य, सचिनजंग रायमाझी, सुदर्शनप्रसाद काप्mले, कमला रिजाल, दिब्या भटृराई, राजेन राई रहेका छन् ।

साहित्य कला संगीत प्रतिष्ठान अध्यक्षमा टीका घिमिरे, उपाध्यक्ष रोशन कर्माचार्य, दिवाकर भण्डारी, कोषाध्यक्ष सुरेश पोर्तेल, सदस्यहरु सिर्जना श्रेष्ठ, शारदा उप्रेती, राजेश राई, देवेन्द्र शंकर, चन्द्रमणि भटृराई, दिपेश श्रेष्ठ, प्रज्वल चापागाईं रहेका छन् ।

यस्तै बैठकले मनकुमार बराइलीको अध्यक्षतामा नगर दलित समन्य समिति गठन गरेको छ । समितिको कोषाध्यक्षमा गोमा विश्वकर्मा, सदस्यहरु कमल विश्वकर्मा, अन्जली दास, रेशम खाती, मनबहादुर घतानी, रबिना बिसुंके, कविता विश्वकर्मा, सरिता दियाली, मेनुका शंकर र निमा रसाइली रहेका छन् ।

नगरपालिकाले युवा समिति पनि गठन गरेको छ । प्रकाश घिमिरेको अध्यक्षतामा गठिन युवा समितिको सदस्यहरु धनमाया डाँगी, प्रश्ना श्रेष्ठ, सुशील बानिया, चन्द्रकला तामाङ्ग, प्रवेश जवेगु, राजेन्द्र फागो, किरण गुरुङ्ग, बिनोद नेउपाने, सुशान्त चापागाई, शिशिर काप्mले, प्रमोद जबेगु, मनोज थापा, प्रितम लिम्बु, निर्देश राई, सुमन काफ्ले, निकेश काफ्ले, मनोज सुवेदी, प्रतिमा रिजाल, गौरव बुढाथोकी, बिशाल कार्की र सुनिल दास रहेका छन् ।

नगर खेलकुद विकास समितिको पनि पुर्नगठन गरिको छ । विनोद श्रेष्ठको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा निरोज राउत, सचिव गणेश खतिवडा, कोषाध्यक्ष सुवास राई, सदस्यहरु मुकेश दाहाल, जीवन देवान, सिनेट श्रेष्ठ, सुलोचना भक्तराज, टंक ढुंगाना, मनिषा भटृराई र सेवक देवान रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार