दूतावासमार्फत खनाखत गर्न नमिल्ने, अब नेता खनाल कुन पार्टीमा ?

  आवाज संवाददाता

इलाम । नेकपा एमालेबाट विभाजित भएर माधव कुमार नेपालको नेतृत्वमा बन्न लागेको नेकपा एकिकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबाट छुट्टिएको महन्त ठाकुर नेतृतवको लोकतान्त्रिक समाजवादी पार्टी गठनका लागि निर्वाचन आयोगमा आज ११ बजेदेखि २ बजेसम्म सनाखत गर्ने कार्यक्रम छ । नेताहरुले भौतिक रुपमा उपस्थित भएर सनाखत गर्नुपर्ने छ ।

भौतिक रुपमा उपस्थित भएर खनाखत गर्नुपर्ने भएकाले दिल्लीमा उपचाररत नेता झलनाथ खनालले राजदूतावास मार्फत सनाखत गर्ने ब्यवस्था मिलाई पाउँ भनेर दिएको निवेदन आयोगले मान्यता नदिने भएको छ । आयोगले तोकेको समयमा खनाखत गर्न अनुपस्थित भएका खनाल एमालेकै प्रतिनिधि सभाका सदस्य तथा नेता रहने हो या समाजवादीको भन्ने अन्योल सिर्जना भएको छ ।

राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमाले औपचारिक रूपमा विभाजित भएको थियो। अध्यादेशमा संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने व्यवस्था गरिएको छ।

एमालेका २०३ केन्द्रीय सदस्यमध्ये माधव नेपालले नेकपा एकीकृत समाजवादी दर्ताका लागि ५७ केन्द्रीय सदस्यको नामावली आयोगमा बुझाएका थिए। यसैगरी ठाकुरले ३१ जना कार्यकारिणी सदस्यहरूको नामावली आयोगमा बुझाएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार