इलाम। प्रस्तावित नेकपा एकीकृत समाजवादीका ५५ जना केन्द्रीय सदस्य र ३३ जना सांसद निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् ।
आयोग स्रोतले दिएको जानकारीअनुसार करिब सनाखत सकिएको छ । तर २ बजेसम्म समय दिइएकाले त्यसबेलासम्म पर्खिने योजना छ ।
निर्वाचन आयोगले सनाखत सकिएर बाँकी काम सके आजै दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेको छ ।