इलाममा संक्रमणबाट बुधबार तीनकाे मृत्यू, ६७ संक्रमित थपिए

  आवाज संवाददाता

इलाम  । इलाममा बुधबार काेराेना भाइरसकाे संक्रमणबाट तीन जनाकाे मृत्यू हुनका साथै ६७ जना संक्रमित भएका छन् ।

 अलैँची व्यवसायी महासंघ इलाम शाखाका अध्यक्ष उद्याेग वाणिज्य संघ इलामका पूर्व महासचिव  इलाम नगरपालिका वडा नं. ७ निवासी ६० वर्षीय विजय खाकी,  माईजाेगमाई गाउँपालिका वडा न‌ं. ३ की सदस्य ४५ वर्षीया मेनुका कठेतको र इलाम नगरपालिका वडा नं. ७ कि एक ६० वर्षीया महिलाकाे निधन भएको छ ।   खाकीकाे मंगलबार राती र कठेतकाे बुधबार विहान निधन भएकाे हाे ।

स–सस्त्र प्रहरी अस्पताल हलचाेक काठमाडौँमा उपचारको क्रममा खाकीको निधन भएको बताइएकाे छ । झण्डै एक हप्ता अगाडी खाकीलाई उपचारका लागि काठमाडौँ लगिएको इलामका सन्तोष भक्तराजले जानकारी दिए । वडासदस्य कठेतकाे विर्तामाेडस्थित विर्तासिटीमा उपचारकाे क्रममा निधन भएकाे हाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार