सूर्याेदयले सिल गरेकाे विषादी भण्डार खाेल्याे, अब प्रयाेग नहाेला त ?

  आवाज सम्वाददाता

इलाम । चियाका प्रयोग गर्न नमिल्ने विषादी प्रयोग भएको पाइएपछि शील गरिएको कन्याम चिया बगानको विषादी भण्डारण कक्षको ताला खोलिएको छ । प्रदेश १ का विषादी निरिक्षक तथा बाली संरक्षण अधिकृत सागर विस्ट र सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई सहित गएको टोलीले सिल खोलेको हो ।

टोलीले गएको साउन २३ गते शील गरिएको भण्डारण कक्षमा रहेका विषादीहरुको अध्ययन गरी बगान व्यवस्थापन पक्षलाई विभिन्न निर्देशन समेत दिएको नगरपालिका स्थित आर्थिक समिति संयोजक देवेन्द्र शर्माले बताए । शर्माका अनुसार बगान व्यवस्थापन पक्षलाई कडा किसिमका विषादी, प्रयोग गर्न मिल्ने नमिल्ने सबै किसिमका विषादीलाई एकै स्थानमा राख्न नहुने, विषादी हालिएका बट्टा तथा कार्टुनहरु जथाभावी फ्याक्न नपाइने, विषादी प्रयोग गरेको चिया सातदिन भित्रै नटिप्ने जस्ता निर्देशन दिइएको छ ।
बगानमा कम्तिमा २१ दिन अघि चिया टिप्न नमिल्ने विषादी प्रयोग गरेको पाइएपछि नगरपालिका र चिया तथा कफी विकास वोर्डको टोलीले विषादी भण्डारण कक्षमा शील गरेको थियो । त्यहाँ प्रयोग भएका विषादीहरु विना इजाजत प्रयोग भएको पाइएको पनि शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार