केवल गुलियो खानाले मात्र मधुमेह हुँदैन, जान्नैपर्ने केही कुरा


‘चिनी रोग’ नेपाली समाजमा यसै भनिन्छ, मधुमेह अर्थात डाइविटिजलाई । नाम नै ‘चिनी रोग’ भनेपछि चिनी जोडिने नै भयो । आम धारणा के छ भने, चिनी खानेहरुलाई चिनी रोग लाग्छ । साथसाथै जसले चिनी सेवन गर्दैनन् उनीहरु मधुमेहको जोखिममा हुँदैनन् ।

सामान्य रुपमा हामीले यस्तै बुझेका छौं । तर, के यो बुझाई सही हो ?

भनिन्छ, ‘गुलियो धेरै नखानु, नभए चिनी रोग लाग्छ ।’ चिकित्सकले पनि मधुमेह रोगीलाई चिनी एवं गुलियोको मात्रा कम गर्न सुझाउँछन् । किनभने गुलियो खानाले मधुमेहलाई थप बढाइदिन्छ । तर, यर्थाथ के पनि हो भने, गुलियो खानेकुरासँग मधुमेहको कुनै लिनुदिनु छैन । मधुमेह यस्तो समस्या हो, जसले शरीरमा अरु रोगलाई निम्तो गर्छ । मधुमेह रोगीको दृष्टिमा समस्या आउन सक्छ । मिर्गौंला र कलेजोको समस्या आउन सक्छ ।

यस्तो रोग आखिर किन र कसरी लाग्छ ? कसलाई लाग्छ ? गुलियो खानेकुरासँग मधुमेहको के सम्बन्ध छ ?

यी भ्रमका पछि नलाग्नुहोस्

गुलियो खाएमा मधुमेह हुन्छ । यदि तपाईं पनि यस्तै सोच्नुहुन्छ भने आफ्नो सोचाई बदल्नुहोस् । गुलियो खाँदैमा मधुमेह हुँदैन । मधुमेह हुनुमा वंशानुगत र अन्य कारण बढी जिम्मेवार हुन्छ । यद्यपी मधुमेहले ग्रस्त भइसकेपछिको अवस्थामा गुलियो खानेकुरा सेवन गर्दा शुगर अनियन्त्रित हुन्छ ।

मधुमेहका रोगीलाई अक्सर सल्लाह दिने गरिन्छ कि, उनीहरुले सुगर फ्रि चिज खानुपर्छ । जबकी मधुमेह रोगीको खाना शुगर फ्रि मात्र होइन, क्यालोरी फ्रि पनि हुनुपर्छ ।

मधुमेह र चिनी

दुई प्रकारको मधुमेह हुन्छ, टाइप–१ र टाइप–२ । यी दुबै मधुमेहको भिन्नतालाई सजिलै थाहा पाउन सकिन्छ । टाइप–१ मधुमेहमा इन्सुलिन उत्पादन गर्ने कोशिका तपाईको प्रतिरक्षा प्रणालीद्वारा नष्ट हुन्छ । जबकी टाइप–२ मधुमेहमा तपाईको शरीरले प्यानक्रियाजद्वारा उत्पादन हुने इन्सुलिन प्रयोग गर्न सक्दैन ।

कम खानुहोस्

मधुमेहको रोगीले कम खानुपर्छ, भलै तपाई थोरै थोरै खानुहोस् । तर, आवश्य पनि खाइरहनुहोस् । मानिसहरु के सोच्छन् भने, मधुमेह बुढ्यौलीमा लाग्छ । तर, यो सबै उमेर समूहमा लाग्न सक्छ । बालकदेखि बयस्कसम्म ।

निन्द्रा पूरा नहुँदा मधुमेह लाग्न सक्छ ?

हामी कामको चक्करमा पर्याप्त निन्द्रा लिदैनौ । राती अबेर सुत्ने, बिहान चाडै उठ्ने बानी पनि कतिपयको हुन्छ । तर, पर्याप्त निन्द्रा पुगेन भने विभिन्न रोग लाग्न सक्छ । त्यसमध्ये मधुमेह पनि एक हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार