प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार गरिएको छ । प्रदेश सभा सदस्यद्वय लक्ष्मण तिवारी र बलबहादुर साम्सोहाङ मन्त्री बनेका हुन् । उनीहरूले प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
तिवारी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री र साम्सोहाङ सामाजिक विकास मन्त्री बनेका हुन् । माधव पक्षीय भनिएका दुई नेता आचार्यको मन्त्रीमण्डलमा समावेश भएका हुन् । सरकार जोगाउनकै लागि आचार्यले माधव पक्षीय भनिएका नेतालाई मन्त्री बनाएका हुन् । त्यस्तै अन्य थप दुई मन्त्रीको विषयमा भने छलफल भइरहेको बताइएको छ । तर, दुई जनाको नामको विषयमा भने सहमित हुन सकेको छैन ।