इलाममा शुक्रबार दुईको मृत्यु, २० संक्रमित


इलाम । कोभिड संक्रमणको कारण शुक्रबार इलामका दुई जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा सूर्योदय नगरपालिका–८ की ६२ वर्षकी महिला र माई नगरपालिका १ की ६८ वर्षकी महिला छन् ।

इलाममा शुक्रबार दुई जनाको मृत्युु भएसंगै इलाममा कोभिडका कारण ज्यान गुमाउनेको संख्या एकसय १४ पुगेको छ । शुक्रबार इलाममा २० जनाका कोरोना संक्रमण पुष्टि भएको छ । माई नगरपालिकाको १४, इलाम नगरपालिकाको ४ र सन्दकपुर गाउँपालिकाको दुई जनामा कोभिडको संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय जारी गरेको सूचनामा उल्लेख छ ।

इलाममा हाल सात सय ३३ जना सक्रिय संक्रमित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार