काेराेना संक्रमणबाट निर्माण ब्यवसायी चापागाईँकाे निधन

  आवाज संवाददाता

इलाम । काेराेना भाइरस संक्रमणका कारण इलामका एक युवा निर्माण ब्यवसायीकाे निधन भएकाे छ । गएराती इलाम फूलगाँछी निवासी निर्माण ब्यवसायी ४६ वर्षीय प्रविण चापागाईँकाे  निधन भएकाे हाे ।

संक्रमण भएपछि ३० दिनदेखि विर्तामाेडकाे बीएण्डसी अस्पतालमा संघन उपचारकक्षमा उपचार भइरहेकाे थियाे । चापागाईकाे अन्त्यष्टि आज ११ बजे माइखाेलमा गरिने बताइएकाे छ । इलाममा संक्रमणबाट मृत्यू हुनेकाे संख्या एक सय १५ जना पुगेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार